नियम १९
उप–समिति गठन गर्न सक्ने
(१) समितिले यस नियमावली बमोजिम आफूलाई सुम्पिएको कामलाई व्यवस्थित रूपले सम्पादन गर्न वा गराउन उपसमिति गठन गर्न आवश्यक देखेमा विषयगत उप–समिति गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित उप–समितिको काम, कर्तव्य, अधिकार र कार्यावधि समितिले त्यस्तो उपसमिति गठन गर्दाका वखत निर्धारण गरे बमोजिम हुनेछ ।